
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । पाल्पामा घर बनाउने काममा खटिएका एक मिस्त्रीको करेन्ट लागेर मृत्यु भएको छ । तानसेन नगरपालिका वडा नम्बर ४ शिलखानटोलमा घर बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा खोटाङ जिल्लाको जन्ते ढुङ्गा गाउँपालिकाका ३४ वर्षीय महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
करेन्ट लागेपछि उनलाई मिसन अस्पताल तानसेन लगिएको थियो । तर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij