
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौेँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिन सुनको मूल्य बढेको जनाएको छ । आज मंगलबार थप ३०० रुपैयाँले बढेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij