
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । सामाजिक सञ्जालमा समाजको व्यवस्था र मान्यतालाई खल्बल्याएको आरोपमा साउदी अरबकी एक महिलालाई ४५ वर्ष जेल सजाय सुनाइएको छ । नोरा बिन्ट सिड अल क्वातानी नाम गरेकी ती महिलालाई आतंकवाद सम्बन्धी अदालतले दोषी ठहर गरेको हो ।
नोरालाई सामाजिक मिडियाको प्रयोग गरी समाजको व्यवस्था र मान्यतालाई खल्बल्याएको आरोप लगाइएको छ। उनले सामाजिक मिडियामा साउदी नेताहरुको आलोचना गरेको बताइएको छ ।
यसअघि अर्की एक महिलालाई पनि द्वीटर मार्फत् गतिविधि गरेको आरोप लगाउँदै गत अगस्टमा ३४ वर्ष जेल सजाय तोकिएको थियो ।
अदालतले साइबर अपराध कानुनमार्फत् आतंकवादी गतिविधि गरेको ठहर गरेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij