
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजाबी सुनको भाउ पनि ९२ हजार ६ सय रुपैयाँमा झरेको छ।
यता चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११ सय रुपैयाँमा कारोबार भइरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij