Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

गणेश चौथी मनाइँदै

गणेश चौथी मनाइँदै

  • काठमाडौँ । भगवान् गणेशको विशेष पूजा–आराधनासहित आज गणेश चौथी पर्व मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीका रूपमा मनाउने गर्छन् । यसदिन देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ ।

    images
    images
    images

    आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड छ ।

    गणेशलाई लड्डु (मोदक) चढाए आफ्नो मनोकामना पूरा हुने विश्वासानुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरू मोदक बोकेर पुगेका छन् । कुनै पनि धार्मिक कार्य सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ ।

    गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदै छन् । आज बेलुका चन्द्रमाको पूजा गरेर यो पर्व मनाइने गरिन्छ । यस दिन चन्द्रमालाई चोर देवताका रूपमा पूजा गरिन्छ । कमलको फूल, फलफूल, अदुवाको बोटलगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij