Logo

Aug 09 2025 | २०८२, साउन २४ गते

Aug 09 2025 | २०८२, साउन २४ गते

टेलिफोन कुराकानी

मोदी र पुटिनबीच अर्थपूर्ण टेलिफोन कुराकानी

मोदी र पुटिनबीच अर्थपूर्ण टेलिफोन कुराकानी

  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेका छन् ।

    images
    images
    images

    अमेरिकासँगको कर विवादको बीचमा, मोदी र पुटिनको कुराकानीलाई अर्थपूर्ण रुपमा लिइएको छ । दुवैले कुराकानीमा भारत-रूस सम्बन्धलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको बताएका छन् ।

    images

    मोदीले यस बारेमा जानकारी दिदै भनेका छन्- 'राष्ट्रपति पुटिनसँग मेरो धेरै राम्रो र विस्तृत कुराकानी भयो । मैले युक्रेनको अवस्थाको बारेमा जानकारी साझा गरेकोमा उहाँलाई धन्यवाद दिएँ ।

    हामीले हाम्रो पारस्परिक सहयोग बढाउने र भारत-रूस रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने हाम्रो प्रतिबद्धता दोहोर्‍यायौं । म यस वर्षको अन्त्यमा राष्ट्रपति पुटिनको भारत भ्रमणको लागि स्वागत तत्पर छु ।'एक दिन अघि, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बिहीबार आफ्नो मस्को भ्रमणको क्रममा क्रेमलिनमा पुटिनलाई भेटेका थिए ।

    राष्ट्रपति पुटिन यस वर्षको अन्तिम हप्तामा भारत भ्रमणमा आउने रुसी समाचार एजेन्सी तासले जानकारी दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको भारतको सम्बन्धमा गरेको टिप्पणीका कारण यो भ्रमणलाई धेरै महत्त्वपूर्ण मानिएको छ ।

    images

    ट्रम्पले रुसबाट तेल किनेको कारण उल्लेख गर्दै भारतमा पहिले २५ प्रतिशत र त्यसपछि अर्को २५ प्रतिशत गरि कुल ५० प्रतिशत कर लगाए पछि भारत र अमेरिकाको सम्बन्धमा दरार आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij