
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडाैँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो आइतबार प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
आज सोमबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij