Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटको ट्रेनिङ फ्लाइट

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटको ट्रेनिङ फ्लाइट

  • काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइट गरेको छ । सञ्चालनमा आएको ३ महिनापछि अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपरान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङको लागि परीक्षण उडान गरेको हो ।

    images
    images
    images

    पहिलो पटक भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेनिङको लागि बिहान १२ बजे ९९५ विमानले अवतरण गरेको छ । काठमाडौंबाट पाइलटहरू मात्र बोकेको हिमालयको जहाज भैरहवामा ५ बजेसम्म रहने विमानस्थल प्रशासनले जानकारी दिएको छ । भैरहवाबाट आएको जहाज ट्रान्जिट उडानका रुपमा अवतरण गरेको हो ।

    यो विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा आएको हो । महङ्गो मानिएको यो तालिम नेपाली एयरलाइन्सहरूले यसअघि प्राय: भारतको बनारसमा गर्ने गरेका थिए । जहाजहरूले आफ्नो उड्ने र ओर्लने गन्तव्यभन्दा बाहिर (बेसभन्दा बाहिर) लगेर पाइलटलाई तालिम दिनुपर्ने हुन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij