
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । आइतबार हेटौँडाबाट ठूलो परिणाममा लागु औषधीसहित दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । लागू औषध प्रयोग तथा ओसारपसारलाई न्युनिकरण गर्ने अभियान सञ्चालन गरिरहेको प्रहरीले आज लागु औषध नाईट्राभेट ४८० ट्याबलेट, पाईभन क्याप्सुल ४८०, डाइलेक्स डिसि १ बोटलसहित २ जनालाई पक्राउ गरेको छ ।
विरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ३ ख ५५९३ नंबरको पेट्रोलियम पदार्थ लोड भएको ट्याङकरलाई रोकी जाँच गर्ने क्रममा प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो । सो ट्याङकर प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा हेटौँडा ४ बस्ने प्रमेशकुमार श्रेष्ठ तथा हेटौँडा ५ बस्ने दिप पाण्डे रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij