
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुँदा चालकसहित १४ यात्रु घाइते भएका छन् ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई सन्धी खोला पुलमा ठोकिएको थियो । सोही दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएको छ भने गम्भीर पाँच जनालाई मणिपाल अस्पताल रिफर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्का भन्छन्, ' घटनाबारे थप अनुसन्धान भइरहेको छ।'
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij