Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सानिमा बैंकले छात्रवृत्तिको आवेदन खोल्यो

सानिमा बैंकले छात्रवृत्तिको आवेदन खोल्यो

  • काठमाडौँ । सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरूबाट छात्रवृत्ति आवेदन खुला गरेको छ। उक्त छात्रवृत्ति अन्तर्गत बैंकले शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति दुई हजार रुपैयाँ (प्रति महिना) गरी विद्यार्थीलाई ५० हजार रुपैयाँ सम्मको छात्रवृत्ति प्रदान गर्ने बताएको छ। 

    onlinepatrika
    Arghakhachi

    उक्त छात्रवृत्तिमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ। संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रहरूमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न बैंकले कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

    AGNI GROUP

    सोही अनुरुप बैंकले काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ र १२ का लागि २-२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको जानकारी दिएको छ। यस छात्रवृत्ति सम्बन्धी थप जानकारी बैंकको वेबसाइट मा उपलब्ध छ ।  

    बैंकले देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij