
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । महाराजगञ्जमा मोटरसाइकल चेकजाँच गर्दा ट्राफिक प्रहरीले लागुऔषध फेला पारेको छ । हिजो राति नारायणगोपाल चोकबाट सुकेधारातर्फ जाँदै गरेको लु ४० प ४१५० नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लागुऔषध फेला परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक २६ वर्षीय आशिक कुमालको साथबाट प्रहरीले ४८ पिस फेनारगन, ४८ पिस डाइजेपाम र ४८ पिस नुफ्रिन सिरिन्ज बरामद गरेको छ ।
महाराजगञ्ज चोकबाट प्रहरीले नवलपरासी मध्यबिन्दु नगरपालिका–७ घर भई सुकेधारा बस्ने आशिक कुमाल र मोटरसाइकल पछाडि सवार धादिङ घर भएकी २४ वर्षीया सपना कार्कीलाई पक्राउ गरेको छ ।
उनीहरुलाई प्रहरी वृत महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij