Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जहाज इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण

जहाज इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण

  • काठमाडौं । नेपालगन्जबाट काठमाडौं आउन उडेको श्री एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि पुनः नेपालगन्ज फर्काएर आकस्मिक अवतरण गराइएको छ ।

    images
    images
    images


    जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो। श्री एयरलाइन्सका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै इन्जिनमा समयस्या देखिएपछि फेरि नेपालगन्ज फर्किएको हो।

    जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ भने अहिले जहाज पार्किङमा राखेर प्राविधिकहरूले जहाजमा के भएको भनेर अध्ययन गरिरहेका छन्। यात्रुहरुलाई अर्को उडानबाट काठमाडौं ल्याइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij