
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । सम्पत्ति शुद्धीकरण र चरमपन्थी नियन्त्रण गर्न कतारले ५० हजार कतारी रियालभन्दा माथिको नगद कारोबारमा प्रतिबन्ध लगाएको छ।
कतार केन्द्रीय बैंकले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमार्फत सरकारको यो निर्णयको जानकारी दिएको हो । उक्त ट्विटमा क्यूसीबीले मन्त्रिपरिषद्को निर्णयअनुसार ५० हजार कतारी रियालभन्दा बढीको नगद धेरै प्रकारका कारोबारमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको लेखेको छ ।
अब कतारमा ५० हजार रियालभन्दा माथिको कारोबारमा व्यक्तिले चेक, क्रेडिट कार्ड, डेबिट कार्ड वा बैंक ट्रान्सफरबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij