Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

आज सेयर बजारमा दोहोरो अंकको वृद्धि

आज सेयर बजारमा दोहोरो अंकको वृद्धि

  • काठमाडौं ।आज सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको हो । सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक १५.४४ अंकले बढेर २१२७.४२ बिन्दुमा उक्लिएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि २.७० अंकले बढेर ४०५.६२ बिन्दुमा पुगेको छ ।आज कारोबार रकममा समेत भारी वृद्धि देखिएको छ । यस दिन झन्डै ५ अर्बको कारोबार भएको छ ।

    images
    images
    images

    कारोबार अवधिभर २२१ कम्पनीको एक करोड १९ लाख ५५ अर्ब ०७६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँको कारोबार भएको छ ।

    कुल १३ उपसमूहमध्ये १० वटा सूचकमा हरियाली छाएको छ भने बाँकी ३ सूचक नकारात्मक भनेको छ । निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहको सेयर मूल्य बिहीबार घटेको छ । आज फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।आज विन्ध्यवासिनी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, समृद्धि फाइनान्स लगायत १२५ कम्पनीको सेयर मूल्य बढेको छ । 

    राधी विद्युत कम्पनी, बलेफी हाइड्रोपावर, ग्रीन भेन्चर्स लिमिटेड लगायत ४६ कम्पनीको सेयर मूल्य बिहीबार घटेको छ । यस दिन अरुण कावेली पावरको सर्वाधिक १७ करोड ९६ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij