Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौँ। सयपत्री हाइड्रोपावरको ७ लाख २१ हजार ६० कित्ता आइपिओ साउन १३ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ७ लाख २१ हजार ६० कित्ता आइपिओ जारी गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले जारी गर्ने आइपिओमध्ये ५ प्रतिशत र्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। भने बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिनेछ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ। लगानीकर्ताले यस आइपिओमा न्युनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। लगानीकर्ताले यस आइपिओमा साउन १७ गतेसम्म आवेदन दिन पाउनेछन्। तोकिएको समयमा आवश्यक मात्रामा आइपिओ नपरेको खण्डमा साउन २७ गतेसम्म भर्ना पाउने कम्पनीले जनाएको छ।
यस आइपीओमा लगानीकर्ताले सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।साथै, मेरोसेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ। रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij