Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत हुने

तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत हुने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने बताएको हो । सर्वेक्षण अनुसार आागमी तीन महिना १४ प्रतिशतले मूल्य बढ्ने अपेक्षा गरिएको छ । त्यस्तै आगामी एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति १३.५ प्रतिशत हुने अनुमान गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आगामी तीन महिनासम्म ९४.७ प्रतिशतले मूल्य बढ्ने भएको छ । त्यस्तै ४२.३ प्रतिशतले अहिलेको दरमा मूल्यवृद्धि हुने अपेक्षा गर्दा २४.९ प्रतिशतले मात्रै अहिलेको भन्दा मूल्यवृद्धि कम हुने भएको छ ।

    AGNI GROUP


    यस्तै, ९४.४ प्रतिशतले आगामी एक वर्षसम्म मूल्य बढ्नेछ । जसमा ३३.१ प्रतिशतले अहिलेको भन्दा उच्च, ४१.७ प्रतिशतले अहिलेकै हाराहारी र १९.५ प्रतिशतले मूल्यवृद्धि १ वर्षपछि घट्ने अपेक्षा गरिएको छ । 

    २० देखि २७ असार २०७७ मा राष्ट्र २८ सहरका ३१ बजार क्षेत्रका ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रिया आधारमा उक्त सर्वेक्षण तयार गरिएको हो ।

    गैर-खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा बढेको  सर्वेक्षणमा भनिएको छ । त्यस्तै, तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश भने घटेको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले जेठ २०७९ को वार्षिक  उपभोक्ता  मुद्रास्फीति ८.५६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको थियो । तर, राष्ट्र बैंककै सर्वेक्षणले भने असारमा उपभोक्ताले १४ प्रतिशतले मूल्यवृद्धि भएको महसुस गरेको उल्लेख छ ।

    राष्ट्र बैंकले ६० वटा मार्केट सेन्टरबाट ४०० वटा भन्दा बढी वस्तुको वास्तविक मूल्य संकलन गरेर ल्याएर त्यसको आधारमा  मुद्रास्फीतिको विवरण तयार गर्छ तर, सर्वेक्षण भने बजारमा उपभोक्तालाई केही वस्तुको मूल्य सोधेर तयार पारिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij