
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । काठमाडौं तिनकुनेस्थित चिनियाँ कम्पनीले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । टोलीले
कल सेन्टरका ल्यापटप, कम्प्युटर बरामद गरेको छ । विशेष सूचनाका आधारमा परिसरको टोलीले छापा मारेको हो ।
घर भाडामा लिएर कल सेन्टरको आवरणमा चिनियाँ नागरिकले साइबर अपराध गरेको प्रहरीको अनुमान छ ।
सोमबार बिहानदेखि तीनकुनेका अरू विभिन्न स्थानमा छापा मार्ने क्रम जारी रहेको छ । यसअघि काठमाडौंको बानेश्वर, सामाखुसी र भक्तपुरमा पनि प्रहरीले छापा मारेर चिनियाँ र त्यहाँ कार्यरत नेपाली कामदारलाई पक्राउ गरेर मुद्दा चलाउँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij