
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । आज अपरान्ह १ बजे फेरि संसद बैठक बस्ने भएको छ । संसद सचिवालयका महासचिव डा भरतराज गौत्तमका अनुसार शिक्षा तथा स्वास्थ्य समितीकी सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धि समितीको प्रतिवेदन, २०७९ पेश गर्नेछिन् ।
गृहमन्त्री बालकृष्ण खाणले बैठकमा राज्य व्यवस्था तथा सुशासन समितीको प्रतिवेदन सहितको कारागार, २०७६ माथि छलफल गरियोस भन्दै प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ ।
साथै, उक्त विधयेकलाई पारित गरियोस भन्दै गृहमन्त्री खाडले संसद बैठकसमक्ष पेश गर्नेछन् । संसदको अर्को कार्यसूचि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विद्यवविद्यालय विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij