Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

इच्छाराजकी श्रीमती पक्राउ

इच्छाराजकी श्रीमती पक्राउ

  • काठमाडौँ । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ गते पक्राउ पूर्जी जारी भइ फरार रहेका सहकारीको तत्कालीन लेखा समिति सदस्य तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले मंगलबार रामशाहपथबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानूनी कारबाहीका लागि मंगलबार नै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

    AGNI GROUP

    उनीहरूको मिलेमतोमा काठमाडौँ महानगरपालिका–१३, सोल्टीमोडस्थित उक्त सहकारी संस्थामा आकर्षक ब्याजदर दिनेलगायत विभिन्न प्रलोभनमा पारी ठूलो संख्याका बचतकर्तालाई रकम जम्मा गर्न लगाइ सङ्गठित रूपमा पाँच अर्ब ८४ करोड ४० लाख रुपैयाँ ठगी भएको खुल्न आएको थियो ।

    उक्त सहकारीमा विगत तीन वर्षदेखि बचत गरेको रकमको साँवा तथा ब्याज माग गर्दा नदिइएको भन्दै एक हजार ५ सय ३० जना पीडितले ब्यूरोमा ठगी एवं सङ्गठित अपराध कसुरमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान सम्पन्न गरी ब्यूरोले गत मङ्सिर १७ गते संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रतिवादीलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    हाल प्रतिवादी इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षका लागि कारागारमा रहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij