
Apr 21 2025 | २०८२, वैशाख ८ गते
स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसमम तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ ।
मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन्। यहाँ यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ ।
गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij