Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

घरभित्र चितुवा पस्यो, पाँच घाइते

घरभित्र चितुवा पस्यो, पाँच घाइते

  • काठमाडौँ । घरभित्रै प्रवेश गरेर काठमाडौँमा चितुवाले मानिसमाथि आक्रमण गरेको छ । घटनामा पाँच जना घाइते भएका छन् । नागार्जुन नगरपालिका–८, भीमढुंगामा गएराति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

    images
    images
    images

    भीमढुंगास्थित ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरभित्र बुधबार राति प्रवेश गरेको चितुवाले मानिसमाथि आक्रमण गरेको र पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई बुधबार राति नै मनमोहन अस्पतालमा भर्ना गरिएको छ । घाइतेको विभिन्न स्थानमा चोट लागेको जनाइए पनि अवस्थाबारे केही खुलाइएको छैन ।

    काठमाडौँमा यसअघि पनि पटक–पटक यसरी चितुवा प्रवेश गर्ने गरेका थिए । जंगलमा आहारको कमीलगायत कारणले चितुवा सहरी क्षेत्रमा प्रवेश गर्ने गरेको जानकारहरू बताउँछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij