
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको छ ।
सोमबार बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्ष दल (एमाले, जसपा र राजपा)ले बहिस्कार गरेपछि प्रदेश सरकारले उनीहरूलाई छलफलका लागि बोलाएको छ ।
सरकारले छलफलका लागि बोलाएपछि सुदूरपश्चिम प्रदेशसभाका तीन प्रतिपक्ष दल (एमाले, लोसपा, राजपा)ले समान धारणा बनाएर छलफलमा सहभागी हुने जनाएका छन् ।
सोमबार बोलाइएको प्रदेशसभा बैठकमा प्रतिपक्ष तीनवटै दल अनुपस्थित थियो भने सत्तापक्षका अधिकांश प्रदेशसभा सदस्यसमेत सभामा उपस्थित रहेका थिएनन् ।
सुदूरपश्चिम प्रदेशसभाको बैठक आज दिउँसो ३ बजेका लागि आह्वान गरिएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij