
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडाैँ । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको पनि बढेको छ ।
यस्तै, आज चाँदीकाे मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij