
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । कृषि विकास बैंकले विभिन्न तहका लागि १५२ कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले प्रशासनतर्फ शाखा प्रमुखमा पाँच, व्यवसाय अधिकृत ४७, कम्प्युटर अधिकृत १७, सिभिल इन्जिनियर तीन, कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाका लागि आवेदन खुला गरेको छ ।
यस्तै, बैंकले कानुन सहायक ६, ऋण सहायक पाँच, लेखापाल ३४ जना कर्मचारी माग गरेको छ । बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट भर्न सकन्छ । दरखास्त १२ साउनसम्म अनलाइनबाटै दिन सकिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij