
Apr 22 2025 | २०८२, वैशाख ९ गते
डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा गोली काण्डले तीन जनाको मृत्यु भएको छ । उक्त गोली काण्डमा तीन जना गम्भीर घाइते भएका छन् ।
कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए । संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ।
उक्त हमला अतिवादी गतिविधिसँग जोडिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij