Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कुकुरको जन्मदिनमा ४ हजार पाहुना, सय केजीको केक

कुकुरको जन्मदिनमा ४ हजार पाहुना, सय केजीको केक

  • काठमाडौँ । भारतका एक व्यक्तिले आफ्नो कुकुरलाई खुसी बनाउन निकै रोचक तरिका अपनाएका छन् ।

    images
    images
    images

    भारतको कर्नाटकका शिभप्पा यलप्पा मराडीलेले आफ्नो कुकुरको जन्मदिन ‘ग्रान्ड सेलिब्रेसन’ गरेका छन् ।
    उनले यो दिनलाई विशेष बनाउन सय किलोको केक ल्याएर जन्मदिन मनाएको भिडियो सोसल मिडियामा चर्चाको विषयसमेत बनेको छ ।

    उक्त भिडियोमा एउटा टेबलमा ठूलो केक राखिएको देखिएको छ । शिभप्पाले आफ्नो कुकुरसहित सय केजी केक काटिरहेको पनि देखिन्छ । कृष मानिसको भीडको बीचमा आफ्नो केक अगाडि बसिरहेको देखिएका छन् । यतिबेला उनले ‘पर्पल बर्थडे क्याप’ समेत लगाएका थिए ।

    एएनआईका अनुसार उक्त कार्यक्रममा लगभग चार हजार पाहुनालाई आमन्त्रण गरिएको थियो । जन्मदिन मनाइरहेको उक्त भिडियो जुन २३ तारिखमा ट्वीटरमा प्रकाशित भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij