
Apr 08 2025 | २०८१, चैत २६ गते
झापा । रतुवा खोलामा आएको बाढीले झापाको दमक–७ का १३ घरपरिवार विस्थापित भएका छन् ।
केही दिनयता लगातार वर्षाका कारण रतुवा खोलामा आएको बाढीसँगै कटान तीव्र बनाएपछि दमक–७ रेडक्रस भवन नजिकैको बस्तीका १३ घरपरिवार विस्थापित भएका हुन् ।
विस्थापित हुनेमा खड्ग लिम्बू, विष्णु लिम्बू, सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य, विमल किस्कु, राजेश किस्कु, मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र दीपक गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तै आइतबार बिहान नै रतुवा खोलामा बाढी आउँदा गौरादह–६ स्थित टङ्गुवा बस्तीमा करिब २५ घर डुबानमा परेका प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij