
Apr 19 2025 | २०८२, वैशाख ६ गते
दोलखा। दोलखामा एक प्रेमीकाले आफ्नै प्रेमीको हत्या गरेकी छिन्। जिल्लाको गौरीशंकर गाउँपालिका ३ झ्याँकुका २४ वर्षीय यानबहादुर बस्नेतलाई आफ्नै प्रेमिकाले हत्या गरेको प्रहरीले जनाएको छ।
१९ वर्षीया प्रेमिकाको घरमा पुगेर बस्नेतले भागेर विवाह गरौं भनेका थिए तर युवतीले नमानेपछि विवाद बढ्दै गएपछि युवतीले आफ्नै प्रेमीको घाँटी थिचेर हत्या गरेको दोलखा प्रहरीले बताएको छ। रिसको आवेगमा घाँटी थिचेर हत्या गरेको ति युवतीले स्वीकार गरेकी छिन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij