
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५, पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो ।
धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो । गम्भीर घाइते उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij