Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अदालतको निर्णय स्वीकार्य : कांग्रेस केन्द्रीय सदस्य डा कोइराला

अदालतको निर्णय स्वीकार्य : कांग्रेस केन्द्रीय सदस्य डा कोइराला

  • मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा आज यहाँ ¥याली र कोणसभाको आयोजना गरेको छ । वीरेन्द्र सभागृहबाट निकालिएको ¥याली नगरपरिक्रमा पश्चात जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटन सम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताउनुभएको छ ।

    images
    images
    images

    उहाँले कांग्रेस वामपन्थीको सहकार्यमा सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीका लागि पालिकास्तरमा विरोधसभा गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य डा कोइरालाले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी नेकाको काँधमा आएको छ भन्नुभयो । अर्का केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले संसद् विघटनबाट संविधान कार्यान्वयनमा अवरोध सिर्जना भएको आरोप लगाउँदै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रमेशजङ्ग रायमाझीले वर्तमान सरकारले शिक्षा, स्वास्थ्य र नागरिकको उपचार कार्यमा लाग्नुपर्ने बताउनुभयो । प्रदेश नं १ प्रदेशसभाका प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले जनताको अधिकार स्थापित गराउन सडक आन्दोलन जारी रहने छ भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij