Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

पोखराको मतगणना स्थगित

पोखराको मतगणना स्थगित

  • पोखरा । नेकपा एमालेका प्रतिनिधि मतगणना स्थलमा नआएपछि पोखराको मतगणना स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक पटक प्रतिनिधि पठाउन आग्रह गरे पनि मानेका छैनन् ।

    images
    images
    images

    एमालेले १८ नम्बर वडाको पुनः मतगणना सुरू नहुँदासम्म आफ्ना प्रतिनिधि नपठाउने जनाएको छ । ‘१८ नम्बर वडामा हामी तीन मतले हारेका छौं । त्यहाँ नौ मत हराएको छ,’ एमलेका पोखरा महानगर कमिटी सचिव जीवन आचार्यले भने, ‘१८ को विवाद नसकिएसम्म बाँकी रहेको वडाको गणना अघि बढ्न सक्दैन । हामीले प्रतिनिधि पठाउदैनौं ।’

    पोखरामा अहिले ३ वडाको मतगणना चलिरहेको छ । अन्तिम नतिजा आएका ३० वडामध्ये कांग्रेसले २१ र एमालेले ९ वडामा चुनाव जितेको छ । मेयरमा भने गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले चुनाव जितिसकेकी छिन् ।

    यद्यपि, औपचारिक घोषणा हुन बाँकी छ । गणना चलिरहेको वडा नम्बर २२, ३२ र ३३ मा पनि गठबन्धन उम्मेदवारहरूले अग्रता लिएका छन् । वडा नम्बर १८ मा तीन मतले कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि एमालेले १८ को पुनः गणनाको मागसहित निवेदन दिएको छ । निवेदन उपर छलफल चलिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij