
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंह विजयी भएका छन् । ४६ हजार २ सय १५ मत प्राप्त गर्दै सिंह मधेस प्रदेशको एक मात्र महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । सिंह पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्रै पाए । उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी भएका छन् ।३० हजार ७८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी (लोसपा) का पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत पाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij