Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

सप्तरीमा सर्वदलीय पालिका सरकार,पाँच स्थानमा कांग्रेस विजयी

सप्तरीमा सर्वदलीय पालिका सरकार,पाँच स्थानमा कांग्रेस विजयी

  • सप्तरी ।  २०७९ साल वैशाख ३० गते भएको स्थानीय तहकोको चुनावमा सप्तरीका जनताले सर्वदलीय पालिका सरकार बनाएका छन् । राष्ट्रिय मान्यता पाएका दल सहित भर्खरै पार्टी खोलेका  जनमतलाई पनि समावेश गराएका छन् ।

    images
    images
    images

    सप्तरीको सप्तकोसी नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, तिरहुत गाउँपालिका, तलाठी कोइलाडी गाउँपालिकामा गरी पाँच स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएका छन् ।

    राजविराज नगरपालिका, विष्णुपुर गाउँपालिका, बोदेबरसाइन नगरपालिका गरी तीन स्थानीय तहमा जनता समाजवादी पार्टी विजयी भएका छन् ।रूपनी गाउँपालिका,महादेवा गाउँपालिका र छिन्नमस्ता गाउँपालिका गरी तीन स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी विजय भएका छन् ।

    डाक्नेश्वरी गाउँपालिका,अग्निसाइर कृष्णासवरण गाउँपालिका, राजगढ गाउँपालिका गरी तीन स्थानीय तहमा नेकपा एमाले विजयी भएका छन् ।हनुमाननगर कंकालिनी नगरपालिका,बलानबिहुल गाउँपालिका गरी दुई पालिकामा जनमत पार्टी विजयी भएका छन् । त्यसै गरी खड्क नगरपालिकामा माओवादी केन्द्र,शम्भुनाथमा नगरपालिकामा नेपा कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विजय भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij