
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आहवन गरेको प्रदर्शन शुरु भएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात संसद भंग गरेपछि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाइ आन्दोलनामा जाने घोषणा गरेको थियो ।
एकैसाथ देशभरका १६५ निर्वाचन क्षेत्रमा हुने प्रदर्शनका लागि कांग्रेसले केहीदिन देखि आन्दोलनको तयारी थालेको थियो । त्यसै अनुसार सबै नेताहरुलाई आ(आफ्नो निर्वाचन क्षेत्रको क्षेत्रीय समितिले आयोजना गर्ने कार्यक्रममा सरिक हुन निर्देशन दिएको थियो ।
आजको विरोध प्रदर्शनमा पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरमा हुने विरोध कार्यक्रममा सम्बोधन गर्दैछन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ, महामन्त्री शशांक कोइराला नवलपुरमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । भने युवा नेताहरु गगन थापा नेपालगञ्ज र प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नं २ स्थित कोटेश्वरमा हुने प्रदर्शनलाई सम्बोधन गर्दैछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij