
Apr 08 2025 | २०८१, चैत २६ गते
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।
एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै मेयरमा राप्रपाका राम थापा विजयी भएका हुन्। थापा कांग्रेस-माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए। दमकमा कांग्रेस, राप्रपासहितका दलले गठबन्धन गरेर चुनाव लडेका थिए।
एमाले एक्लै प्रतिस्पर्धामा थियो। उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसकी रेगिना भट्टराई विजय नजिक छिन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij