
Apr 19 2025 | २०८२, वैशाख ६ गते
लतिलपुर । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखको पदमा रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको मत गणना जारी रहेको छ । अहिलेसम्म १२ वडाको ५४ हजार ४२ मत गणना गर्दा माओवादीकी रेनु दाहालले एमालेको विजय सुदेवीलाई ३ हजार ३ सय १० मतले पछि पारेका छन् ।
विहान ६ः४५ सम्ममा सार्वजनिक गरिएको मत परिणाममा रेनुले विजयलाई मतान्तर बढाउँदै लगेको छ । देश भरकै चर्चा र केन्द्रको रुपमा रहेको भरतपुर महानगरमा यसअघि फेयर निर्वाचन भएको थिए । यो पटक पनि मतगणना कार्यमा धाँधली हुने आम मानिसले संका गरिरहेको छ ।
रेनुले २० हजार ४ सय ९२ मत पाएकी छन्। एमालेका विजय सुवेदीले १७ हजार १ सय ८२ मत पाएका छन्। स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८ सय ८२ मत प्राप्त गरेका छन्।
उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२ हजार ९ सय ५२ मत पाएका छन्। उनलाई राप्रपाकी हिमला गुरुङले १३ हजार ६ सय ४६ मतका साथ पछ्याइरहेकी छन्।
चितवनको भरतपुर महानगरपालिका माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्वाचन क्षेत्र हो । आफ्नो निार्वचन क्षेत्रमा भएको महानगरमा प्रचण्डले नातावादको लागू गर्दै आफ्नो छोरीलाई मेयर पदमा उठाएको भन्दै आलोचना हुने गरेको छ । तर, रेनु प्रचण्डको छोरी मात्र नभएर एक कुसल नेतृ हुन् । उनले पार्टी संचालन गरेको १० वर्षे युद्धमा पनि सक्रिय सहभागीता जनाएकी थिइन् । त्यस पश्चातको सान्ति सम्झौता देखि यताको राजनीतिक पनि उनले पार्टीको विभिन्न तहमा रहेर सक्रिय रुपमा आफ्नो भूमिका निर्वाह गरेकी छन् ।
२०७४ को स्थानीय तह निर्वाचनबाट भरतपुरको मेयरमा निर्वाचित भएकी रेनुले ५ वर्षमा देशकै सबैभन्दा नमुना काम गरेकी छन् । उनले नेतृत्व गरेको महानगर अन्य स्थानीय तहभन्दा बढी व्यवस्थित र विकसीत छन् । उनले नेतृत्व गरेपछि भरतपुरले विकास सेन्चुरी पार गरेको स्थानीय बताउँछन् । अब भरतपुरमा सामान्यभन्दा पनि राष्ट्रिय गौरवको योजनाहरु र कलकारखानाहरु, उद्योगहरु सञ्चालन र स्थापना गर्नु पर्ने आवश्यकता रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij