Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

गोकर्णेश्वरमा कांग्रेसको अग्रता

गोकर्णेश्वरमा कांग्रेसको अग्रता

  • काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस अघि बढेको छ । ५ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा कांग्रेसले अग्रता लिएको हो ।

    images
    images
    images

    ५ वटा वडाको अन्तिम परिणामअनुसार मेयरमा कांग्रेसले ३३६ मतले एमालेलाई पछि पारेको छ । नेपाली कांग्रेसका दीपक कुमार रिसालको ५८६६ मत ल्याउँदा एमालेका उद्धव विष्टले ५५३० मत पाएका छन् ।

    उपमेयरमा भने ९ मतले एमाले अघि रहेको छ । एमालेकी सान्नानी लामाले ५४९७ मत ल्याउँदा कांग्रेसकी शान्ति नेपालले ५४८८ मत पाएकी छिन् । अहिले वडा नम्बर ६ को मतगणना जारी छ ।

    ११०० मत गणना हुँदासम्मको परिणाममा मेयरमा नेपाली कांग्रेस ४० मतले अघि छ र उपमेयरमा ७ मतले पछि छ । अहिले सम्मको नतिजामा एमालेले ३ वटा वडामा र कांग्रेसले १ वटा वडामा प्यानल नै जितेका छन् । एउटा वडामा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij