
Apr 22 2025 | २०८२, वैशाख ९ गते
चितवन । चितवनमा छुरा प्रहारगरि २८ वर्षीय अनिल परियारको हत्या भएको छ । भरतपुर महानगरपालिका-१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी हत्या गरिएको हो ।
प्रहरी स्रोतका अनुसार परियारका १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ । घाइते परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको अधिकारीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij