
Apr 18 2025 | २०८२, वैशाख ५ गते
संखुवासभा । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच संखुवासभामा दोहोरो भिडन्त भएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर गरेका कारण प्रहरीले जवाफी फायरिङ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लका अनुसार विप्लव समुहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् । प्रहरीले करिब २० राउण्ड फायर गरेको छ । यस अघि ०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए ।
०७६ असार १६ मा पनि संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ मा पनि प्रहरीमाथि आक्रमण भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij