
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ।
भोलि सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij