Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

३१ अंकले घट्यो नेप्से

३१ अंकले घट्यो नेप्से

  • काठमाडौँ । नेपाली सेयर बजार नेप्से बुधबार ३१ दशमवल ७६ अंकले घट्दा परिसूचक दुई हजार ३०० अंक मुनि झरेको छ । 

    images
    images
    images

    बुधबार दुई हजार ३०७ अंकबाट खुलेको नेप्से परिसुचक दिनको अन्तिममा दुई हजार २७० अंकमा पुगेर बन्द भएको  छ ।

    बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स झण्डै पाँच अंकले घटेर ४३६ दशमलव ८८ अंकमा पुगेको छ । मंगलबार सार्वजनिक बिदाले बन्द रहेको सेयर बजार नेप्से सोमबार ४८ अंकले ओरालो लागेको थियो । 

    नेप्सेमा बुधबार कारोबार रकम समेत ओरालो लागेको छ । नेप्सेमा बुधबार ३६ लाख दुई हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  नेप्सेमा सोमबार एक अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो ।

    नेप्से बजार बुधबारमा अधिकांश कम्पनीले घाटा व्यहोरेका छन् । बजारमा १९८ कम्पनीको सेयर घाटामा कारोबार हुँदा २४ कम्पनीका सेयरधनीले नाफा कमाएका छन ।

    नेप्सेमा बुधबार एकमात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार भएको छ । जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १२५ रुपैयाँ बढेर एक हजार ३८२ रुपैयाँ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij