
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले नीतिले संगठन चलाउने प्रणाली विकास गर्ने बताएका छन् । उनले संगठनको मानक र सूचकलाई माथि लानेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
वैशाख १८ मा मन्त्रिपरिषद्ले अर्याललाई सशस्त्र प्रहरी बलको आईजीपीमा नियुक्त गरेको थियो ।
गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि नवनियुक्त आईजीपी अर्यालले संगठनमा नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै उनले भने – ‘सरुवा बढुवालाई न्यायोचित बनाउन आवश्यक मापदण्ड बनाएर लागू गर्नेछु, व्यक्तिले होइन नीतिले संगठन चलाउने प्रणाली विकास गर्नेछु ।’
उनले ४ वर्षको कार्यकालमा आर्थिक पारदर्शिता आफ्नो मुख्य लक्ष्य हुने उल्लेख गर्दै, सम्वृद्धिको जनअपेक्षा पुरा गर्न गृहप्रशासन सुधार कार्ययोजनाअनुसार सशस्त्र बलको भूमिका पुरा गर्न आफु प्रतिवद्ध रहेको र भावी नेतृत्व तयार गर्नका लागि ठोस पहल गर्ने कार्ययोजना रहेको पनी उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij