
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठकाडौँ । प्रदेशको सुरक्षा जिम्मेवारीमा कर्णाली प्रदेश प्रहरी कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलालाई सरुवा गरिएको छ ।
स्थानीय तह निर्वाचनको नजिकिँदै गरेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाणले बिहीबार बास्तोलालाई कर्णाली प्रदेशमा सरुवा गर्ने निर्णय गरेका जनाइएको छ ।
प्रदेशमा खटिने डीआईजी नभएको हुनाले वरिष्ठ उपरीक्षकलाई निर्वाचन अघि कर्णालीको सुरक्षा जिम्मेवारी दिइएको जनाइएको छ ।
यस्तै, कर्णालीमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेशबहादुर ऐर आइतबारबाट अवकाशमा जाँदैछन् । ३० वर्षे सेवा अवधि पुरा गरेर वैशाख १८ मा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै उनी अवकाशमा जान लागेका हुन् । उनिहरुलाई नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आइतबार्र विदाई कार्यक्रम राखिएको पनि जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij