Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

पोखरामा अझै सकिएन मनोनयन प्रक्रिया

पोखरामा अझै सकिएन मनोनयन प्रक्रिया

  • काठमाडौं । पोखरामा अझै मनोनयन प्रक्रिया सकिएको छैन्। निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा परेका छन् । अझै केही घण्टा लाग्ने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।

    images
    images
    images

    ‘आयोगले लजिष्टिक उपलब्ध गराएन । स्थानीय तहसँग माग्ने भन्यो । तर, पोखरा महानगरले पनि सहयोग गरेन,’ उनले भने, ‘कम्प्युटर र ल्यापटप छैन । काठमाडौंमा महानगरले १० वटा दियो, पोखराले एउटा पनि दिएन । हामीले व्यक्तिगत ल्यापटपबाट काम गरिरहेका छौं । 

    राजनीतिक दलहरू पनि एकै पटक मनोनयनमा आउँदा समस्या परेको उनले बताए । ‘धेरै गाह्रो भो । पार्टीहरूले कोअपरेट गरेनन् । रातभर िकाम गर्दा पनि काम सकिएको छैन ।’भट्टराई बताउछन् ।  निर्वाचन आयोगको असहयोग गरेका कारण मनोनयन प्रक्रियामा समस्या भएको कर्मचारीहरु बताउँछन् ।पोखराको मेयरका लागि २५ र उपमेयरका लागि नौ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । गण्डकी प्रदेशभरि हालसम्म १२ हजार एक सय ४६ जनाले मनोनयन दर्ता गराइसकेका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij