Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मन्त्री गुरुङद्वारा इमान्दारीका साथ काम गर्न आग्रह

मन्त्री गुरुङद्वारा इमान्दारीका साथ काम गर्न आग्रह

  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
     
    सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारिताका साथ काम गर्दा मात्रै रहेका क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पार्नुभयो । रत्न–धर्म स्मृति प्रतिष्ठानले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले उच्च नैतिकता र इमान्दारिताका साथ काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताउनुभयो । 
     
    मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक सङ्घसंस्थालाई समेत आह्वान गर्नुभयो । उच्च नैतिकता र इमान्दारिताका साथ काम गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । 
     
    मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी डिबी खड्काद्वारा लिखित ‘कल्पना र बेदना’ तथा ‘सपना र सिर्जना’ नामक कविता सङ्ग्रह र ‘जुुँगुुदेखि मुगुुसम्म’ नामक आफ्नो अनुुभूति समेटिएको निबन्ध सङ्ग्रह विमोचन गर्नुभयो । 

    images
    images
    images

    कार्यक्रममा नेपाली सेनाका उपरथी डा सहदेव खड्कालाई सम्मान गरिएको थियो । मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी खड्काले उच्च माध्यामिक शिक्षा परिषद्मा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउनुभएको चर्चासमेत गर्नुभएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij