Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख बढी मतदाताले मताधिकार प्राप्त गर्ने भएका छन्।
निर्वाचन आयोगको अध्यावधिक विवरण अनुसार वैशाख २९ गतेसम्म एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता मतदानमा सहभागी हुन पाउने छन्। १८ वर्ष पूरा हुने मतदाताले पनि मतदान गर्न पाउने छन्।जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० जना महिला रहेका छन्। यस निर्वाचनमा १८३ जना अन्य (लैंगिक अल्पसंख्यक) मतदाता रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि अध्यावधिक वाग्मती प्रदेशमा मतदान नामावलीमा सबैभन्दा बढी मतदाता रहेका छन् । वाग्मतीमा ३४ लाख १२ हजार ८६९ जना मतदाता रहेका छन्। वाग्मतीमा पुरुष मतदाता भन्दा महिला मतदाता बढी छन्। यहाँ १७ लाख चार हजार ८९८ जना मतदाता पुरुष भएकोमा १७ लाख ७ हजार ९४२ जना महिला मतदाता छन्। यहाँ २९ जना अन्य समूहका मतदाता रहेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij