Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

 पोखरामा एमालेको मनोनयन दर्ता सकियो

 पोखरामा एमालेको मनोनयन दर्ता सकियो

  • काठमाडौं । पोखरामा आज एमालेले आज मतदानबाट  मेयर र उपमेयरको नाम सिपारिस गर्ने भएको छ । निर्वाचन कमिटीका अनुसार मेयरमा १२ र उपमेयरमा ९ जनाले नाम दर्ता गराएका छन् ।अहिले चुनावका लागि मनोनयन दर्ता भइरहेको छ । 

    images
    images
    images

    मेयरमा दर्शन लामा, दीपकबहादुर पौडेल, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, कृष्णबहादुर थापा, सावित्री भण्डारी, विश्वकल्याण पराजुली, बालासिंह काउछा मगर र पुष्पराज अधिकारीले उम्मेद्वारी दिएका हुन् । उनीहरू सबैजना मंगलबार पनि आकांक्षीको नाम टिपाएका व्यक्ति हुन् ।

    उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाको मनोनयन परेको छ।यसअघि आकांक्षा देखाएका सञ्जीवबहादुर कोइराला, बैनबहादुर अधिकारी, हरिमाया गुरुङ पनि थिए।उनीहरूले मनोनयन भने दर्ता गरेनन् । विनकुमारी गुरुङले यसअघि आकांक्षीको नाम नटिपाए पनि अहिले मनोनयन दर्ता गरेकी छिन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij