
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । नेपाली काँग्रेस केही दिनमै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागीबारे ठोस सहमति भएको जनाइएको छ ।
काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश सरकारमा सहभागिताबारे केन्द्रबाट खबर आएको बताउँदै स्थानीय तह निर्वाचनको आचारसंहिता लागू नहुनुअघि सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको बताए ।
प्रदेश सभापति बलायरका अनुसार यही चैत २५ गतेबाट चुनावी आचारसंहिता लाग्ने छ । सुदूरपश्चिम प्रदेशमा आज बिहान पनि प्रदेशस्तरीय गठबन्धनको बैठक बसेको थियो । उनले बिहानको बैठकमा चुनावी तालमेलबारे छलफल केन्द्रित भए पनि अब सरकारमा काँग्रेसको सहभागिताबारे छलफल हुने बताए ।
गत बिहीबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे छलफल भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij