Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

महामारीले थलिएकोे पर्यटन उकास्न सलमानको कन्सर्ट

महामारीले थलिएकोे पर्यटन उकास्न सलमानको कन्सर्ट


  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई उकास्न सलमानको कन्सर्ट गर्न लागिएको बताएका छन् । उनले कन्सर्टलाई लिएर भइरहेका अन्य आलोचना तर्कसंगत नभएको बताउँदै नेपाली कलाकारलाई पनि सघाउन सरकार तयार रहेको बताए । 

    images
    images
    images

    आगामी जेठ १४ गते काठमाडौँको दशरथ रंगशालामा बलिउड अभिनेता सलमान खानले सांगीतिक प्रस्तुति दिने तयारी छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत सहयोगमा इभेन्ट म्यानेजमेन्ट कम्पनी ओडीसीले द ब्याङ रिलोडेड टुर गर्न लागेको छ। मन्त्री प्रेमबहादुर आलेले सलमानसँग भिडियो संवाद गर्दै नेपालमा स्वागत गर्न आफू अधैर्य रहेको बताएका थिए ।

    सगरमाथा आरोहण गर्न लागेका गायक राजु लामा र अभिनेत्री दीया पुनलाई शुभकामना दिन सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले भने, ‘कसैले चिन्ता नलिए हुन्छ । कोभिडले थलिएको पर्यटन क्षेत्रलाई सघाउन सलमानलाई नेपाल ल्याउन लागिएको हो र यसमा सरकारले सहयोग मात्र गरेको हो ।’

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij